खाेज्नुहाेस

अक्सिजन प्लान्टका सामग्री बैतडी पुगे 

Image

बैतडी – जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक केही सामग्री आइपुगेको छ। अस्पतालका प्रमुख डा.वसन्तराज जोशीका अनुसार सबै सामान आइपुगेपछि जडान सुरु हुनेछ।

‘केही सामानहरु ल्याइएका छन्, आवश्यक पर्ने सबै सामान आएपछि जडानको काम थाल्छौं‚’ उनले भने‚ ‘पुरै समान आइपुग्न अझै दुई साता लाग्छ।’

attariya hospital
navjiwan hospital

प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको छ।

गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो। तर‚ सप्लायर्स कम्पनीको लापरवाहीका कारण ढिलाइ भएको हो।

गत आर्थिक वर्षभित्रै जडान गरिसक्ने गरि  असार दुबै पक्षबीच सम्झौता भएको भएकोमा  असारमा जडान कार्य नसकिने भनेर कम्पनीले साउनसम्मका लागि म्याद थप्न आग्रह गरेअनुसार एक महिना म्याद थपिएको थियो। त्यसपछि कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाउँदा ढिलाइ भएको जानकारी अस्पताललाई गराएको थियो।   प्लान्ट सञ्चालनका कहिलेसम्म आउने भन्ने टुंगो लागेको छैन।

maya metro hospital