
धनगढी – कैलाली प्रहरीले एकैदिन बिभिन्न मुद्धाका ७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवरजस्तीकरणी मुद्धाका दुई जना, लागु औषध मुद्धाका एक र चार जना वन मुद्धाका फरार प्रतिवादी रहेको कैलाली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार जवरजस्तीकरणी मुद्धामा ३ वर्ष ११ महिना ५ दिन कैद सजाय सुनाइएका जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ का बिनोद चौधरी र ३ वर्ष कैद सजाय सुनाइएका बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय अशोक चौधरी रहेका छन् ।
प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार बिनोद २०७५ भाद्र २० गतेदेखि र अशोक २०७२ असार २१ बाट फरार रहेका थिए ।
लागु औषध मुद्धामा जिल्ला अदालत कैलालीले ५ सय रुपैयाँ जरिवाना तोकेकोमा २०६६ बैशाख १२ गतेदेखि फरार रहेका धनगढी उपमहानगरपालिका–१ का शत्रुजित जोशी समेत पक्राउ परेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।
वन मुद्दाका फरार प्रतिवादीहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का १८ वर्षीय अमन चौधरी, सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण राना, १८ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय बब्लु चौधरी पक्राउ परेको बिष्टले बताए ।
उनीहरु विरुद्ध साउन २८ गते गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा विना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरी जिल्ला अदालतबाट पक्राउ अनुमती दिइएको थियो ।

















