खाेज्नुहाेस

गोदावरी – १० मा रहेको शान्नीकोट युवा क्लबको अध्यक्षमा पुनः बोगटी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मा रहेको शान्नीकोट युवा क्लबको अध्यक्षमा पुनः प्रेम बम बोगटी चयन भएका छन ।

navjiwan hospital

शनिबार भएको क्लबको प्रथम वार्षिक साधारण सभाबाट बोगटी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । साधारण सभाले बोगटीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

attariya hospital

कार्यसमितिको उपाध्यक्षमा पवित्रा कुँवर चयन भएकी छन भने सचिवमा महेश्वरी खड्का बोगटी, सहसचिवमा टिकेश्वरी बोगटी र कोषाध्यक्षमा सुस्मीता उपाध्याय चयन भएकी छन । यस्तै क्लबको सदस्यमा दिनेश भुल र केशव कुँवर चयन भएका छन ।

क्लबको अध्यक्ष बोगटीकै अध्यक्षतामा शनिबार क्लबको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथिमा भिक बोगटी रहेका थिए भने विशिष्ठ अतिथिमा झंकर कुँवर रहेका थिए ।