अत्तरिया – कैलालीको अत्तरियामा गोदावरी नगर स्तरिय ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । हिन्दुहरुको महान पर्व दशैंलाई लक्षित गरी ‘हाम्रो नेपाल हामी नेपाली भष्ट्राचार विरुद्धको महाअभियान’ कैलाली कमिटिको आयोजनामा गोदावरी नगरपालिका – २ राधाकृष्ण टोलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
असोज १८ र १९ गते संचालन हुने प्रतियोगितामा प्रथम पुरस्कार १० हजार सहित प्रमाणपत्र राखिएको खेल संयोजक एवम् ‘हाम्रो नेपाल हामी नेपाली भष्ट्राचार विरुद्धको महाअभियान’ का सुदूरपश्चिम सुरक्षा प्रमुख खगेन्द्र नाथ योगीले बताए ।


त्यस्तै प्रतियोगितामा द्धितिय पुरस्कार ५ हजार र बेष्ट प्लेयरलाई पनि उचित पुरस्कारको व्यवस्था रहेको आयोजनकले जनाएको छ ।
प्रतियोगिता लिक चरणमा खेलाइने जनाइएको छ । प्रतियोगितामा १५ टिम सहभागि हुने अपेक्षा लिइएको खेल संयोजक योगीले बताए ।
उनले ‘स्वास्थका लागि खेल राष्ट्रका लागि खेल’ नारा दिइएको उक्त प्रतियोगितामा स्थानिय खेलाडीले आफ्नो प्रतिभा देखाउन पाउनुका साथै ब्याटमिन्टन खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।


















