खाेज्नुहाेस

डोटीका ८ पालिकामा कांग्रेसको पालिकास्तरिय अधिवेशन सम्पन्न

Image

डोटी – डोटीका ८ स्थानिय पालिकामा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको पालिकास्तरिय अधिवेशन सम्पन्न भएको छ ।

९ वटा स्थानिय पालिका रहेको डोटीका ८ वटा पालिकाहरुमा सहमतीमै अधिवेशन सम्पन्न भएको हो । जिल्लाको बोगटान फुडशिल गाउँपालिकामा भने सहमति नजुट्दा अधिवेशन हुन सकेको छैन ।

attariya hospital
navjiwan hospital

शनिबार सम्पन्न अधिवेशनबाट दीपायल सिलगढी नगरपालिकाको नगर सभापतिमा गणेशबहादुर मलासी र शिखर नगरपालिकाको नगरसभापतिमा हर्क बहादुर बोगटी निर्वाचित भएका छन ।

त्यस्तै जिल्लाको पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा, आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा र केआई सिंह गाउँपालिकामा अर्जुन बहादुर बलायर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जोरायल गाउपालिकामा मोहनराज मल्ल र बडिकेदार गाउँपालिकामा करुणाकर जोशी सभापतिमा चयन भएका छन् ।