खाेज्नुहाेस

सुत्केरीको मृत्यु पछि धनगढीको नवजीवन अस्पताल घेराउ

Image

धनगढी – धनगढीको नवजीवन अस्पताल घेराउ गरिएको छ । अस्पतालमा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन ।

मृतक डोटीको शिखर नगरपालिका –६ की २६ वर्षीया कल्पना सिंह मल्लका आफन्तले लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् ।

attariya hospital
navjiwan hospital

उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन् । अस्पतालमा तनाव सृजना भएपछि प्रहरी परिचालन गरिएको छ । यता अस्पतालले अत्याधिक रत्तश्रावका कारण सुत्केरीको मृत्यु भएको बताएको छ ।

कल्पनाले जन्म दिएको शिशुलाई एनआईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।