अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर बिधिबाट १ सय ८७ नमूनाको कोरोना परिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट ८ सय ५७ नमूनाको कोरोना परिक्षण गरिएको भएपनि सबैको नतिजा नेगेटिभ आएको सुदूरपश्चिम श्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जनाले कोरोना जितेका हुन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार १ सय २६ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका २८ बर्षीय पुरुष रहेका छन । उनको भेरी अस्पतालमा उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको हो ।



















