खाेज्नुहाेस

बझाङमा वडा अध्यक्षको कुर्सीको दुरुपयोग

Image

बझाङ – बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको छ ।

मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तानेको फोटो सार्वजनिक भएको छ ।

attariya hospital
navjiwan hospital

उक्त कुर्सीमा बसी चुरोट तान्ने सोही गाउँपालिकाको वडा नम्बर ७ घर भएका केशव धामी हुन् ।

धामी नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्षसमेत रहेका छन् ।

यता, वडाअध्यक्ष पदम मण्डेलले आफू काम विशेषले बाहिर रहेको र वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताए । उनले भने, ‘मैले यस विषयमा धामीलाई के भएको हो । भनेर बुझ्न खोज्दा आफूलाई पनि थाहा नभएको बताएका छन् ।’

कार्यबाहक वडाअध्यक्ष जहरे धामीले आफूलाई त्यो विषयमा थाहा नभएको र वडा कार्यालय अन्तै सारिएकोले सामान सराउने बेला कतै बसेको हुन सक्ने बताए ।