खाेज्नुहाेस

सनराईज बैंकको शाखारहित बैंकिङ सेवा तेघरीमा सुरु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ तेघरीमा सनराईज बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले ९१औ शाखारहित बैंकिङ्ग सेवाको रुपमा तेघरीमा सेवाको सुरुवत गरेको हो ।

मंगलबार एक औपचारीक कार्यक्रमका बिच सेवाको उद्घाटन गरिएको छ । बैंकका अत्तरिया शाखा प्रमुख हेमन्त अवस्थीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए भने विशिष्ठ अतिथिमा बैंकका सुदूरपश्चिम प्रदेश उपप्रमुख योगेश कुमार भट्ट रहेका थिए ।

attariya hospital

बैंकले खोलेको उक्त शाखारहित बैंकिङ्ग सेवाको ब्यवसायीक प्रतिनिधिका रुपमा श्याम कुमार केशी लाई नियुक्त गरिएको छ ।

navjiwan hospital

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत स्थानियलाई आर्थिक कारोबार गर्न सहज हुने तरिकाले सेवा सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिन सक्ने बताईएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकका अत्तरिया शाखा प्रमुख हेमन्त अवस्थीले बताएका छन ।

हाल सम्म सन््राइज बैंकले १ सय ३९वटा शाखा, ९० वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १ सय ५८ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको उनले बताए ।

यसका साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको उनले बताए ।