खाेज्नुहाेस

मोटरसाइकल दुर्घटनामा गोदावरीका एक जनाको मृत्यु, एक घाइते

Image

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक अन्तरगत कैलालीको धनगढी उपमहानगरपालिका – ३ चटकपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरीका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गोदावरी नगरपालिका – २ का ३० बर्षीय टेकबहादुर बोहराको मृत्यु भएको हो ।

६ लेन सडकमा पार्किङ गरेर राखेको ना ४ ख ३४२५ नम्बरको ट्रकमा से ४ प ८७३ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्रफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital
navjiwan hospital

बिहिबार राती करिब पौनै १२ बजेको समयमा भएको दुर्घटनामा घाईते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार गोदावरी नगरपालिका – २ कै रामबहादुर पाल घाइते भएका छन । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

ट्रक र ट्रक चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका – ३ का दीपक भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको प्रदेश ट्रफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।