खाेज्नुहाेस

निसर्ग हस्पिटलले गर्यो आमा छोराको निःशुल्क उपचार 

Image

धनगढी – बाजुराको मुक्तिकोट – १ की भावना कामी र उनका नौ महिने छोरा सुमित कामीको निसर्ग हस्पिटलले निशुल्क उपचार गरेको छ । रक्तश्रावको समस्याबाट ग्रसित आमा र निमोनियाका भएका छोराको अस्पतालले निशुल्क उपचार गराएको हो ।

धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न अस्पतालमा शुक्रबार भर्ना भएका २४ बर्षीया भावना कामी र उनका नौ महिने छोरा सुमित कामीको निशुल्क उपचार गरिएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।

attariya hospital
navjiwan hospital

‘पहिरोले घर पनि लगेपछि छिमेकीको गाई गोठमा बसिरहेका छौँ,’ भावनाका श्रीमान उज्वल कामीले भने, ‘यहीबेला आमा छोरा बिरामी भए ।’ घरखर्च चलाउन पनि निकै मुस्किल भएका उनीहरुको असार ६ गते आएको पहिरोले बस्ने घर पनि पुरिदिएको थियो ।’

आमालाई छिनछिनमा रक्तस्राव हुने र बच्चालाई निमोनियाको समस्या देखिएको थियो । निमोनियाले ग्रसित बालकलाई अक्सिज दिएर उपचार गर्नुपरेको थियो भने आमालाई डाक्टरको विशेष निग्रानीमा उपचार गरेर सन्चो पारिएको अध्यक्ष पन्तले बताए ।

अस्पतालले निशुल्क उपचार गरेर ठूलो गुन लगाएको उज्वलले बताए । उनले भने, ‘मेरो आर्थिक अवस्थाले त म उनीहरुलाई जोगाउनै सक्ने थिएन । अस्पतालले मेरो जहान परिवारको ज्यान जोगाइदियो ।’