टीकापुर – पुराना जातको धान खेती हराउककदै गएको छ । पुराना जातको धानको उत्पादन कम हुने भएपछि किसानले ती जातका धान लगाउन छोड्दै गएपछि पश्चिम तराईको रैथाने धान लोप हुँदै गएको हो ।
सौठ्यारी, थापाचीनी, अन्डी, गरुवा, पोखरेली मसिनो लगायतका पुराना धानको सट्टा किसानले मकवानपुर, राधा–४, सर्जु–५२, सावित्री, सावा मन्सुलीलगायतका जातका धान खेती गरिरहेका पाइन्छ ।

पुराना जातबाट उत्पादन पनि कम हुने र रोगकिरासित लड्ने क्षमतामा पनि कम हुने भएकाले पुराना जातको सट्टा नयाँ नयाँ जातको धान खेती हुने गरेको रानी जमरा कुलरिया सिककचाइ आयोजनाको कृषि कार्यान्वयन एकाइ टीकापुरका प्रमुख भरत कँडेलले बताए ।

‘अहिलेको समय उत्पादन बढी खोज्ने भएकाले पुराना जातका धानबाट बढी उत्पादन लिन सकिँदैन,’ उनले भने, ‘उत्पादन समय पनि बढी लाग्ने भएकोले पुराना जातका धान खेती किसानले छोड्दै गएका हुन ।’
कडेलका अनुसार बालीको निश्चित अवधिपछि रोगकिराको प्रतिरोधात्मक शक्तिमा कमी हुन्छ । यसले रासायनिक मल तथा विषादी बढी प्रयोग गर्नुपर्ने हुनाले उत्पादन लागत बढ्न जाँदा किसानले नयाकक जात खोज्छन ।
अनि अनुसन्धान निकायले नयाकक नयाकक जातको विकास गर्ने गर्छन ।’ पुराना जात हराउँदै जाककदा जेनेटिक बायोडाइभर्सिटी कम हुने कककडेलले बताए ।
उनले भने, ‘पुराना जातको रोगकिरासित लड्ने क्षमता बढी छ भने त्यो गुण नयाकक जातमा राख्न पाए राम्रो हुन्छ । वायो डाइभर्सिटी कम हककुदा हाइब्रिड जात निकाल्ने ग्राउन्ड कम हुने हुन्छ ।’
















