खाेज्नुहाेस

सुदूरपश्चिममा १ हजार बढीको कोरोना परिक्षण गर्दा ३ संक्रमित थपिए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३८ नमूनाको कोरोना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट १ हजार ३२ नमूनाको कोरोना परिक्षण गर्दा २ जना र पीसीआर बिधिबाट ६ नमूनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

attariya hospital
navjiwan hospital

संक्रमित हुनेमा अछामका २ जना र बाजुराका १ जना रहेका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ५ सय ८३ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा प्रदेशमा १३ कोरोना संक्रमित निको भएका छन । यो संगै कोरोना जित्नेको संख्या ३६ हजार ९ सय ५ पुगेको छ ।

हाल प्रदेशका बिभिन्न अस्पतालमा ३२ जना कोरोना संक्रमित उपचाररत रहेका छन । ति मध्ये सेती प्रादेशिक अस्पतालमा १६ जना, टीकापुर अस्पतालमा २ जना, महाकाली अस्पतालमा ५ जना, डडेल्धुरा अस्पतालमा ४ जना, दार्चुला अस्पतालमा ३ जना, बैतडी र डोटी अस्पतालमा १÷१ जना रहेका छन ।