खाेज्नुहाेस

सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्टलाई निरन्तरता दिन ओलीको प्रस्ताव

Image

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै दिने प्रस्ताव अघि सारेका छन् ।

आइतबार बिहान बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले तत्कालिन इन्चार्ज भीम रावललाई उपाध्यक्षको हैसियतमा पार्टीको अन्य कामको जिम्मेवारी दिने भन्दै भट्टलाई नै इन्चार्जको रुपमा काम गर्न दिने प्रस्ताव अघि सारेका हुन् ।

attariya hospital
navjiwan hospital

रावललाई उपाध्यक्षको हैसियतमै र भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा जिम्मेवारी दिने तयारी गरेका छन् ।

अध्यक्ष ओलीले रावललाई उपाध्यक्षको हैसियतमा अरू पनि धेरै कामहरू हुने भएकाले सुदूरपश्चिमको जिम्मेवारीमा भट्टलाई नै दिने प्रस्ताव अघि सारेका हुन् ।

ओलीको प्रस्तावसँगै रावलले आफू अन्यायमा परेको भन्दैं आफू निकट नेतासँग छलफलमा जुटेका छन् । सबै ठाउँमा जेठ २ कार्यान्वयन भए पनि सुदूरपश्चिममा मात्रै किन नहुनेभन्दै उनले आफू निकट नेतासँग आइतबार संसद भवनमा समेत छलफल गरेका थिए ।