अत्तरिया – सेती प्रदेशिक अस्पतालमा रहेका कोरोना संक्रमित मध्ये ८ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल अस्पतालमा १६ कोरोना संक्रमित उपचाररत रहेकोमा आधा भन्दा बढीको आईसीयुर र भेन्टिलेटरमा उपचार भईरहेको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जटिल समस्या भएका बिरामीलाई आईसियु र भेन्टिलेरमा राखेर उपचार गरिने बताए ।
हाल सेती अस्पतालमा कोरोना संक्रमितका लागि १६ आईसियु बेड र ५ एचडियु बेड रहेका छन । त्यस्तै कोरोना संक्रमितको उपचारका लागि ४० जनरल बेड र १८ ईमर्जेन्सी बेड गरी जम्मा ७९ बेड रहका छन ।

दोस्रो लहरको कोरोना फैलिएयता हालसम्म अस्पतालमा १ हजार ४ सय ८३ संक्रमित उपचारका लागि भर्ना भएका छन । जसमध्ये १ हजार २ सय ७९ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन भने १ सय ९१ कोरोना संक्रमितले उपचारका क्रममा ज्यान गुमाएका छन ।
यसैबिच पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।
आइतबार अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण भने नभएको जनाईएको छ ।



















