बैतडी – बैतडीमा राना परिवाले अनशन तोडेका छन । जिल्ला समन्वय समिति बैतडीमा आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको हो ।

१४ महिनाको तलव नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् । उनी श्रीमती र चार छोराछोरी सहित अनशन बसेका थिए ।

दशरथचन्द नगरपालिका वडा नम्बर–४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा कार्यरत रानाले जिल्ला शिक्षा समितिले तलव उपलब्ध गराउने भनेपछि अनशन तोडेको बताएका छन् ।
रानाले अहिले काजमा काम गरिरहेकै विद्यालयमा पदस्थापन गरिदिनसमेत माग गरेका छन् ।



















