काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्याडौँ १० हजार ९ सय २४ पुगेको छ ।

शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार९५८ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण भएको छ ।


















