खाेज्नुहाेस

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

Image

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए ।

attariya hospital
navjiwan hospital

शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताए । उनले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए ।

अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । उनले अब करिब तीन करोडमात्रा खोप प्राप्त हुने क्रममा रहेको बताए । ‘कोभिड–१९ नियन्त्रणमा स्रोतको अभाव हुन नदिन सरकार प्रतिबद्ध छ, त्यसका लागि वैदेशिक स्रोतको समेत व्यवस्था गरेको छु,’ उनले भने ।