खाेज्नुहाेस

पारिश्रमिक नपाउँदा नगरपालिका धाउन बाध्य गेटाको कोरोना स्याहार केन्द्रका मजदुर

Image

अत्तरिया – ज्यान जोखिममा राखेर गरेको कामको पारिश्रमिक नपाउँदा कैलालीको गेटामा निर्माण गरिएको कोरोना स्याहार केन्द्रका मजदुर गोदावरी नगरपालिका कार्यालय धाउन बाध्य छन । कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगेका बेला स्याहार केन्द्रमा काम गरेका मजदुरले काम गरेको एक रुपैयाँ समेत नपाएको भन्दै अहिले नगरपालिका कार्यालय धाउन बाध्य भएका हुन ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीको मातहतमा रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त स्याहार केन्द्रमा काम गर्ने २० जना मजदुरले काम गरे देखि नै तलब नपाएको बताएका छन ।

attariya hospital

स्याहार केन्द्रमा चौकिदारको काम गर्ने राम बहादुर पार्कीले काम गरेको ४ महिना बितिसक्दा पनि पारिश्रमिक नपाएको बताए ।

‘ज्यानको प्रवाह नगरी काम ग-र्यौ’ उनले भने ‘आज दिन्छु भोली दिन्छ भन्दा भन्दै ३ महिना पुगेको छ ।’ उनले कार्यालय धाउँदा धाउँदा पनि कसैले आफूहरुका माग सुनुवाई नगरेको बताए ।

उनले स्याहार केन्द्रमा बैशाख २४ गते देखि काम गरेको बताए । ‘मलाई शर्मानन्द भट्ट र बिश्नु जोशी सरले काम गर्नुस् भनेर लगाएका हुन’ उनले भने ‘वहाँहरुले सरकारी कर्मचारी अनुसारको सुबिधा दिने र त्यसमा ५० प्रतिशत नगरपालिकाले थप दिने बताएका थिए ।’

उनले आफू लगायत २ जना अहिले पनि चौकिदारको रुपमा स्याहार केन्द्रमा काम गरिरहेको बताए । सुरुदेखि नै अहिले सम्म एक रुपैयाँ पनि नपाएको उनले बताए ।

‘अहिले गोदावरी नगरपालिकामा कुरा बुझ्न आएका थियौ । यहाँबाट धनगढी नगरपालिकाले दिन्छ भनेका छन’ उनले भने ‘नृप ओड (धनगढी उपमहानगरपालिकाका नगरप्रमुख) लाई फोन गर्दा जसले काम लगाएको हो उतैबाट पैसा लिनुस भन्छन ।’

गोदावरी नगरपालिका – १ की संगिता सुनारले स्याहार केन्द्रमा सरसफाई देखि लिए फोहर व्यवस्थापन गर्ने काम गरेको बताईन् । उनले असार १० गते पारिश्रमित दिने बताएपनि अहिले सम्म एक रुपैयाँ पनि नपाएको बताईन् ।

navjiwan hospital

‘बैसाख २४ देखि असार १० गते सम्म नियमित काम गरेका हौ’ उनले भनीन् ‘अहिले हामीलाई होल्डमा बस्न भनिएको छ ।’ उनले मासिक २७ हजार दिने भनेको बताईन् । उनले लामो समयदेखि ज्याला नपाईएपछि आफूहरु नगरपालिकामा समस्या राख्न आएको बताईन् ।

गोदावरी नगरपालिका – १ का तिलक भण्डारीले कोरोना स्याहार केन्द्रमा स्टोर किपरका रुपमा काम गरेको बताए । ‘स्थापना कालदेखि स्वयम सेवकको रुपमा काम गरेको थिए’ उनले भने ‘पछि कर्मचारी आवश्यक रहेको भनेपछि बैसाख २४ देखि कर्मचारीका रुपमा काम गरेको थिए । घरको आर्थिक अवस्था कमजोर हुँदा ज्यान जोखिममा राखेर काम गरियो तर, अहिले लामो समय बितिसक्दा पनि पैसा नपाईदा हामी निकै समस्यामा छौ ।’

उनले स्याहार केन्द्र बन्द भएकै लामो समय बितिसक्दा पनि आफूहरुको बेवस्था गरिएको छ । ‘स्याहार केन्द्रमा स्थानिय सरकारले ५० लाख बिनियोजन गरेर बाडफाड गरिसकेका छन । तर, हामीले ज्यान जोखिममा राखेर गरेको कामको पैसा दिएका छैनन्’ उनले भने ‘काम गर्दा पनि कुनै सम्झौता गरिएन ।’

शुक्रबार ज्याला पाउनुपर्ने माग सहित नगरपालिका पुगेका मदजुरहरुले नगरप्रमुख नभएको भन्दै भदौ २८ गते आउन भनेर फर्काइएको बताएका छन ।

यता गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले स्याहार केन्द्रका लागि केन्द्रबाट आउनु पर्ने बजेट नआएका कारण मजदुरहरुलाई पारिश्रमिक दिन समस्या भएको बताए ।

‘धनगढी नगरपालिकाको संयोजनमा गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाले व्यवस्थापकीय सहयोग गरेका थियौ’ उनले भने ‘पछि माथिबाट बजेट आउँछ–आउँछ भन्दा भन्दै पैसा आउन सकेन ।’

उनले प्रदेशबाट ५० लाख आएपनि त्यो रकम उपकरण खरिदमा सकिएको बताए । उनले अहिले मजदुरको पारिश्रमिक दिने भार गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा परेको बताए ।

‘स्याहार केन्द्रका संयोजक रहेका मेयर सापलाई मैले सरकार परिवर्तन भयो माथिबाट बजेट आउन सकने । अब हामी दुवै स्थानिय तह मिलेर पारिश्रमिक दिऔ भनेको छु’ उनले भने ‘धनगढी नगरपालिकाका मेयर सापले अब २८ गते बसेर यसका बारेमा छलफल गरौ भन्नु भएको छ । अब हामीले यो बिषयलाई चाडौ टुङ्ग्याउन्छौ ।’