अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहिबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट ८ सय ४५ नमूनाको कोरोना परिक्षण गर्दा ५ जना र पीसीआर बिधिबाट १ सय १ नमूनाको कोरोना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सबैभन्दा बढी कैलालीका १२ जना रहेका छन । त्यस्तै कञ्चनपुरका ८ जना, डडेल्धुराका २ जना, दार्चुला र बझाङका १/१ जना रहेका छन ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ५ सय ४७ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना जितेका छ । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३६ हजार ८ सय ६२ पुगेको छ ।
हाल कोरोनाका संक्रिय संक्रमित मध्ये ३३ जना बिभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन । जसमा सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालमा १७ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।
त्यस्तै महाकाली अस्पतालमा ५ जना, डडेल्धुरा अस्पतालमा ४ जना, जिल्ला अस्पताल दार्चुलामा ३ जना, टीकापुर अस्पतालमा २ जना, जिल्ला अस्पताल डोटी र जिल्ला अस्पताल बैतडीमा १/१ जना कोरोना संक्रमित उपचाररत रहेका छन । अस्पतालमा उपचाररत रहेका मध्ये ७ जनाको आईसियु र ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । पछिल्लो २४ घण्टामा अस्पतालहरुमा उपचाररत मात्रै ६ जना डिस्चार्ज भएका थिए ।
हाल प्रदेशका बिभिन्न आइसोलेसनमा ८९ जना बसेका छन । जसमध्ये पुरुष ५२ जना र महिला २७ जना रहेका छन ।
यसैबिच पछिल्लो २४ घण्टामा सीमा नाकामा ७ सय ७२ नमूनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिएको छ । ति सबै परिक्षणको नतिजा नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

















