अत्तरिया – सशस्त्र प्रहरीले कञ्चनपुरबाट १ लाख बढीको बेवारिसे आल्मुनियम बरामद गरेको छ । सशस्त्रको बोडर आउट पोष्ट गड्डाचौकीबाट खटीएका सीमा गस्ती टोलीले भारतबाट ल्याईएको १ लाख १ हजार ४ सय ५५ रुपैयाँ बराबरको आल्मोनियम बरामद गरेको हो ।

उक्त आल्मुनियम आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।


















