खाेज्नुहाेस

डडेल्धुरामा भदौ २५ गते कांग्रेसको वडा अधिवेशन हुने 

Image

डडेल्धुरा– डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन यही भदौ २५ गते हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची पठाएसँगै जिल्ला सभापतिलगायतको बैठकले आगामी भदौ २५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

attariya hospital
navjiwan hospital

५६ जिल्लामा अधिवेशन भैसक्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भने हालसम्म पनि अधिवेशनको मिति तोकिएको थिएन ।

सोमबार डडेलधुराको क्रियाशील सदस्यहरुको सूची जिल्ला पठाइएको निर्वाचन समितिका संयोजक महादेव यादवले बताए ।

क्रियाशील सदस्यसम्बन्धी विवादका कारण अझै पनि डडेलुधरासहित काँग्रेसका २१ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेको छ ।