दार्चुला – दार्चुलामा बन्द रहेको विद्यालय खोल्ने जिम्मा स्थानिय तहलाई दिईएको छ । कोरोना महामारीका कारण करिब ५ महिना देखि बन्द रहेको शैक्षिक संस्था जोखिम हेरेर स्थानीय तहले खोल्न पाउने भएका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जिल्लाको स्थानीय तहलाई संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न दिने निर्णय गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दार्चुलाका संयोजक एव प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिए ।

जनजीवन सहज बनाउदै लैजानका लागि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ । उनका अनुसार अब स्थानीय तहले स्थानीय तहमा संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गराउँदै विद्यालय संचालन गर्न सक्नेछन् ।


















