धनगढी – जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुखसहित तीन जनाले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
शुक्रबार प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर उपप्रमुख सुन्दरी चौधरी, सदस्यद्धय मालमतीदेवी विक र देवी भण्डारीले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन् ।


समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरीएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता बिमल जोशीले बताए । ‘सदस्य टेकबहादुर बुढा र ललित साउँदले आइतबार सनाखत गर्छन् उनले भने, ‘दुई जनाले सनाखत गरेपछि समन्वय समितिमा हाम्रो बहुमत पुग्छ ।’
जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन् । ९ जनाको जिल्ला समन्वय समितिमा तीन जना जनता समाजवादी पार्टी (जसपा) का सदस्य छन् ।
बुधबार मोहन्याल गाउँपालिकाकी कार्यवाह अध्यक्ष पुजादेवी बुढामगरसहित तीन जनाले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।
निर्वाचन कार्यालयले सनाखत गराउनका लागि पत्राचार गरेपछि भदौ १६ गतेदेखि सो पार्टीका पक्षमा स्थानीय तहका जनप्रतिनीधिहरुले सनाखत गराउन थालेका हुन् ।

















