अत्तरिया – गएराती परेको बर्षापछि गोदावरी क्षेत्र क्षतविक्षत बनेको छ । बर्षापछि ठाउँ ठाउँमा आएको पहिरोका कारण गोदावरीको धार्मीक एवम पर्यटकिय क्षेत्र संगै सो क्षेत्रको राजमार्ग क्षेतविक्षत बनेको हो ।
अत्याधिक बर्षाका कारण गोदावरी पुल देखि माथि बुडर सम्मको सडक क्षेत्रमा ठाउँ ठाउँमा पहिरो आएको थियो भने गोदावरीको पुरानो पुल नजिकै पहिरो जाँदा एक पसल पुरीएको छ ।


सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बर्षाका कारण गोदावरी देखि सहपुजपुर सम्मको राजमार्ग क्षेत्रका ४/५ ठाउँमा पहिरो गएको बताए । ‘गोदावरी पुल देखि केही अगाडी पहिरो र रुख ढलेका कारण महाकाली राजमार्ग अबरुद्ध भएको थियो’ उनले भने ‘त्यस्तै बुढीतोला, भासु र सहजपुरमा पनि पहिरो गएको थियो ।

अहिले ती सबै ठाउँका पहिरो हटाएर सडक सुचारु भईसकेको छ ।’ उनले सडक लामो समय सम्म अबरुद्ध नहोस भनेर गोदावरी र बुढीतोलामा डोजर तयारी अवस्थामा राखिएको बताए ।

बर्षा पछि आएको बाढीका कारण गोदावरीका ठाउँठाउँमा पहिरो गएका छन । पहिरोले मानवित क्षेती भने नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गोदावरीको पुरानो पुल नजिकै गएको पहिरोले स्थानिय गणेश पाण्डेले संचालन गरेको पसल पुरीएको छ भने ठाउँठाउँमा पहिरो आएपछि सो ठाउँका अन्य घर पनि जोखिममा परेका छन ।

गोदावरीमा आएको बाढीले गोदावरीको पक्की पुल मुनिको माटो पनि कटान गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी प्रेम शाहीले बताए । उनले पुलमा क्षती पुगेको बारेमा सडक कार्यालयलाई खबर गरिसकेको बताए ।



















