धनगढी – पथरैया नदी गाउँमा पस्दा कैलालीको जानकी गाउँपालिकाका एक सय ३८ घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार नदी वस्तीमा पसेपछि गाउँपालिकाको वडा नम्बर ४ का ८० घरधुरी र वडा नम्बर ७ का ५८ घरधुरी डुबानमा परेको छ ।

डुबानमा परेकाको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरेको उनले बताए ।

















