अत्तरिया – भरुवा बन्दुक सहित कैलालीबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका –६ नारासोतीका ५० वर्षीय गंगाराम जैशी रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट खटिईको प्रहरी टोलीले बिहिबार बन्दुक सहित पक्राउ गरेको हो ।

उनी विरुद्ध हातहतियार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

















