अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहिबार ३६ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट ७ सय ७७ नमूनाको कोरोना परिक्षण गर्दा ५ जना र पीसीआर बिधिबाट १ सय १८ नमूनाको परिक्षण गर्दा ३१ संक्रमित थपिएका हुन ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार १ सय ६६ पुगेको छ ।


स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३६ हजार ५ सय ६६ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

















