अत्तरिया – सेतीमा बिहिबार कोरोना परिक्षण गरिएका २९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ८२ जनामध्ये २९ प्रतिशत अर्थात २४ जनामा संक्रमण पुुष्टि भएको हो ।


अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा हाल १६ जना संक्रमित बिरामीहरु उपचाररत छन । जसमध्ये ५ जनाको आईसियुमा र २ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।
यस्तै अस्पतालबाट बिहिबार एक जना कोरोना संक्रमित डिस्चार्ज भएका छन भने थप ३ जना संक्रमित उपचारका लागी अस्पताल भर्ना भएका छन ।

















