काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसमा पछिल्लो २४ घण्टामा मृत्यु भएका र केही दिनअघि नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


















