अत्तरिया – आर्थिक अभावका कारण उपचारबाट बन्चित गोदावरी नगरपालिका – ९ का सर्पे पार्कीलाई सहयोग गरिएको छ ।
स्थानिय जय बहादुर बिकको समन्वयमा पार्कीलाई सामाजसेवी गणेश जिमी साउँदको टिमले सहयोग गरेको हो । आर्थिक अभावका कारण हातको औला नै छिनालिदा समेत उपचार गर्न नसकेर घरमा बसेको खवर पाएपछि पार्कीलाई सहयोग गरेको साउँदले बताए ।


हाल घरमा खानलाउनको समस्या भएकाले उनलाई केही नगद सहयोग गरिएको बताउदै साउँदले पार्कीको उपचारका लागि १५ देखि २० हजार आवश्यक पर्ने देखिएको र उनको उपचारको जिम्मेवारी पनि आफुले लिएको बताए ।
आरन चलाएर गुजारा गर्दै आएका पार्की हँसियाले औला काटिएपछि समस्यामा परेका छन । उनी हात काटीएपछि अस्पताल गएका भएपनि अप्रेशनका लागि आवश्यक रकम जुटाउन नसकेर घरमै बसेका थिए ।
समाजसेवी साउँदले पार्कीको अप्रेशनका लागि डाक्टर निशान भट्टराई संग समन्वय गरिएको बताए ।

















