अत्तरिया – कैलालीको गौरीगंगामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गौरिगंगा नगरपालिका – ४ का ४० वर्षीय मानसिहँ गुर्धामीको मृत्यु भएको हो ।

ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गुर्धामीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिएका छन ।

प्रहरीले ट्रक र ट्रक चालक उदयपुर हर्जेनी गाँउपालिका–३ का टेकराज खत्रीलाई पक्राउ गरेको गरेको जनाएको छ ।

















