खाेज्नुहाेस

गौरीगंगाका नगरप्रमुख देउवा भ्रष्टाचारमा लिप्त भएको आरोप

Image

गौरीगंगा – कैलालीको गौरीगंगा नगरपालिकामा नगर प्रमुखले नगरपालिकामा आफ्नो अनुकुल मनोमानी कार्य गरि सुशासन र पारदर्शितालाई बेवास्ता गरि भ्रष्टाचार गर्न लिप्त रहेको भन्दै नगरका राजनीतिक दलहरुले विज्ञप्ति जारी गरेका छन् ।

navjiwan hospital

नगर प्रमुख भिम बहादुर देउवाले आफ्नो अख्तियारको दुरुपयोग गरेको भन्दै नेकपा माओवादी केन्द्र, नेपाली काग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि संयुक्त विज्ञप्ति जारी गरेका हुन ।

attariya hospital

आ.व. २०७७/०७८ मा नदिजन्य पदार्थ उत्खननमा ठेक्का नगरि आफ्नो सचिवालय मार्फत आफैले कर असुली गरि ठेलीमा भएको राजश्व समयमै नगरि दुरुपयोग गरेको , स्थायी कर्मचारी व्यवस्था भैसक्दा समेत नगर सभामा छलफल नगरि चोरबाटो मार्फत बैठक पुस्तिकामा निर्णय लेखी म्याद थप गरि अख्तियार दुरुपयोग गरेको दलहरुले संयुुक्त विज्ञप्ति जारी गरेका छन् ।

नगर प्रमुख देउवाले शिक्षामा रुपान्तरण गर्ने नाममा संघीय शिक्षा नियमावली र नगर शिक्षा नियमावलीसंग बाझिने गरि शिक्षक व्यवस्थापन कार्यविधि बनाई कार्यकर्ता भर्ती गर्ने तथा आफ्नो आवद्ध गुटको सदस्यता बाध्य बनाउने गरेकोले व्यक्तिको स्वतन्त्रता बैचारिक मत भिन्नताको हनन् गरेको, बजेट विनियोजन, वितरण खर्चको सवालमा अपारदर्शी रुपमा मनोमानी, भ्रष्ट कर्मचारीको संरक्षण तथा कमिसन प्रकृयामा प्रोत्साहन तथा मिलेमतो गरेको, कोटेसन  सार्वजनिक नगरि आफ्न्त नातेदारलाई दिने गरेको, स्वास्थ्य महोत्सवको आम्दानी खर्च नागरिक स्तरमा सार्वजनिक नगरेको, ठेक्का भएका योजना कार्यान्वयन नगरेको तथा सचिवालयका नाममा कर्मचारीलाई घरायसी काममा लगाई सरकारी सवारीसाधनको दुरुपयोग गरेको बताएका छन् ।