खाेज्नुहाेस

राखीले रंगियो अत्तरिया बजार : तर, छैन विगत जस्तो व्यापार

Image

अत्तरिया – प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व आइतबार मनाइँदैछ । रक्षाबन्धन पर्वमा जनै, राखी/रक्षाधागोको विशेष महत्त छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

attariya hospital

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल’ भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।

रक्षाबन्धनका दिन स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर पनि यो पर्व मनाउने गरिन्छ ।

यो पर्वमा विशेष गरेर राखीको कारोबार धेरै हुने गर्दछ । राखी बेच्नको लागि अत्तरिया बजारमा पनि १/२ दिन अगाडी देखि पसल थाप्न सुरु गरिएको थियो ।

navjiwan hospital

यस बर्ष अत्तरिया बजार क्षेत्रमा करिब २ दर्जन राखीका ठेलाछाप्रा पसल राखिएका छन । राखीका पसल सडक किनारमा राखेर बजार झकिझकाउ भएपनि व्यापार भने यसबर्ष निकै न्युन रहेको व्यवसायीहरुको गुनासो छ ।

अत्तरियाको महेन्द्रनगर रोडमा राखी बेच्न बसेका पलियाका नरेश कुमारले यस बर्ष राखीको निकै कम व्यापार भएको बताए । उनले यो बर्ष बजारमा मानिस निकै कम आएको बताए । ‘खै किन हो । यस बर्ष मानिसहरु नै पसलमा राखी किन्न आईरहेका छैनन्’ उनले भने ‘बजारमा आजका दिन हुनुपर्ने जस्तो चहलपहल नै छैन ।’

पलियाकै राजेश शाहले ३ दिनको मात्रै व्यपार भएपनि बिगतका बर्षहरुमा राम्रो कमाई हुने गरेको बताए । ‘३ दिन भयो पसल थापेको अहिले सम्म समानको लागत पनि उठेको छैन’ उनले भने ‘गत बर्ष पनि लकडाउन भएपनि त्यो भन्दा अघिल्लो बर्ष भने राखी बेचेर मात्रै एक सिजनमा १० देखि १२ हजार कमाई हुने गरेको थियो ।’ उनले यस बर्ष अधिकान्स व्यवसायीहरुले गत बर्षकै स्टक सामान विक्रि गरिरहेको बताए । उनले कोरोना महामारीका कारण मानिसहरु पहिलेको जस्तो बजारमा किनमेल गर्न नआएको हुन सक्ने बताए ।

४० बर्षदेखि पर्वका दिन राखी बेच्नै आएका पप्पु शाहले यस बर्ष राखिको व्यापार निकै कम भएको बताए । ‘धेरै व्यपार हुने दिन आज नै हो तर, यो बर्ष अहिले सम्म खासै व्यापार छैन’ उनले भने ‘पलियाबाट हरेक बर्ष सामान लिएर आउने गर्छौ । तर, यो बर्ष भने गत बर्षकै सामान बेच्न सकिएको छैन ।’ उनले राखीको व्यापार भए राम्रै कमाई हुने गरेको बताए ।

अत्तरियामै राखीको व्यपार गरिरहेका अमन श्रीवास्तवले भने व्यापार ठिक–ठिकै भएको बताए । उनले बढी जसो १० र २० रुपैयाँ मुल्य भएका राखी बढी बिक्री हुने गरेको बताए ।

अत्तरिया बजारमा राखिएका अधिकांस राखीका पसल भारतीयहरुले संचालन गर्ने गरेका छन । उनीहरुले पलियाबाट सामान लिएर बिक्रि गर्ने गर्छन । अत्तरिया बजारमा बढीजसो १० देखि ८० रुपैयाँ सम्मका राखी किन्न पाईन्छ ।