डडेल्धुरा – नयाँ व्यवस्थापनका साथ डडेल्धुराको पारामेडिकल क्याम्पस संचालनमा आएको छ । ११ बर्ष अगाडी स्थापना भएको क्याम्पस चालु शैक्षिक सत्रमा नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो ।
सुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक सस्थाहरुमा काम गरेको अनुभव भएका व्यक्तिहरुको व्यवस्थापमा क्याम्पस पुनः संचालनमा आएको क्याम्पसका तालिम प्रमुख केशब सिंह धामीले बताए । उनले सुदूरपश्चिममा दक्ष जनशक्ती उत्पादन गर्नको लागि शैक्षिक सत्र २०७८÷०७९ मा प्रि–डिप्लोमा ईन सिभिल इन्जिनियरिङ, कृषि विज्ञान र पशु विज्ञानका कार्यक्रमण संचालन गरिएको बताए ।


सिटिईभिटीबाट सम्बन्धन प्राप्त अमरगढी नगरपालिका – ६ पोखराको रमणीय र शान्त ठाउँमा स्थापित क्याम्पसमा २१ औं सताप्दी सुहाउँदो प्राविधिक शिक्षा प्रदान गरिने क्याम्पसका तालिम प्रमुख धामीले बताए ।
‘आजको समय प्राबिधिक शिक्षाको समय हो’ क्याम्पसका तालिम प्रमुख धामी भने ‘यसका लागि हामीले ग्रामीण क्षेत्रमै बसेर विद्यार्थीहरुलाई प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न नयाँ व्यवस्थापनका साथ पारामेडिकल क्याम्पस संचालनमा ल्याएका छौ ।’
उनले प्राविधिक जनशक्ति उत्पादन स्वदेशमै युवाहरुलाई रोजगारी गर्ने वातावरण बनाउन आफूहरुले क्याम्पस संचालनमा ल्याएको बताए ।
क्याम्पसले व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना EVENT बाट प्राप्ताङ्क छात्रबृतिका लागि दलित, महिला, अपाङ्ग एव् दुर्गम क्षेत्रका विद्यार्थीका लागि पहल गर्ने जनाएको छ ।
क्याम्पसका तालिम प्रमुख धामीले क्याम्पसमा पूर्ण शैक्षिक एव् रमणिय वातावरण भएको, पुस्तकालय तथा उत्कृष्ठ प्रयोगशालाको व्यवस्था भएको र कोरोना महामारीलाई लक्षित गरी अनलाईन प्रद्धतिबाट पनि पठन–पाठन गराउने व्यवस्था गरिएको बताए । उनले क्याम्पसमा छात्र÷छात्राको लागि छात्रवासको व्यावस्था समेत भएको बताए । क्याम्पसमा हाल शैक्षिक सत्र २०७८÷०७९ का लागि भर्ना कार्यक्रम जारी रहेको क्याम्पसका तालिम प्रमुख धामीले बताए ।



















