अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५१ नमूनाको कोरोना परिक्षणमा ३१ संक्रमित थपिएका हुन ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन ।

अस्पतालमा हाल १३ कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

















