खाेज्नुहाेस

आफ्नो पार्टीको नाममा नेपालले नेकपा र ठाकुरले राजपा घुसाउन नपाउने

Image

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा एमाले र महन्थ ठाकुर नेतृत्वको पार्टीको नाममा जसपा घुसाउन नपाइने भएको छ ।
निर्वाचन आयोगले एमाले र जसपा नाम जोडेर नयाँ पार्टी दर्ता गर्न नमिल्ने जानकारी दुवै पक्षलाई गराइसकेको छ ।

navjiwan hospital

आयोगले सर्वाेच्च अदालतको फागुन २३ को फैसला अनुसार कुनै दलको नामसँग जुधाएर नयाँ दलको नाम दर्ता गर्न नसकिने मौखिक जानकारी दुवै समूहलाई दिएर लिखित पत्र समेत पठाउने तयारी गरेको छ ।

attariya hospital

माधव पक्षले नेकपा एमाले समाजवादी र महन्थ पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाम प्रस्ताव गरेर नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।

तर आयोगले यी दुवै नाममा दल दर्ता गर्न अनिच्छा देखाएपछि माधव र महन्थ समूहले नयाँ नाम राख्ने गृहकार्य अघि बढाएका छन् ।