कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन । लागूऔषध सेल कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले लागूऔषधसहित भिमदत्त नगरपालिका १२ ऐरीका २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरेको हो ।

बिहिवार दिउँसो विशेष सुचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ परेका ऐरको साथबाट १४ दशमलव ६७ ग्राम लागु औषध खैरो हेरोईन, ८ दशमलव ५० ग्राम चरेस, मोबाइल ३ थान र नगद १ लाख ४१ हजार दुई सय पचास रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

















