सेती कोरोना प्रयोगशाला परिक्षण : १९ दिन यताकै धेरै जनामा संक्रमण पुष्टि

अत्तरिया – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा १९ दिन यताकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५१ नमूनाको कोरोना परिक्षण गरिएकोमा ४२ जनामा कोरोना पुष्टि भएको हो ।

maya metro hospital

अस्पतालमा १९ दिन अगाडी साउन ११ गते २ सय ६९ नमूनाको कोरोना परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता भने संक्रमण पुष्टि हुनेको संख्यामा कमि आएको भएपनि शुक्रबार पुन संक्रमितको संख्या बढेको छ भने संक्रमण दर पछि करिब २८ प्रतिशत पुगेको छ ।

हिजो बिहिबार अस्पतालमा ९७ नमूनाको जाँच गर्दा २३ संक्रमित थपिएका थिए ।

attariya hospital

अस्पतालले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित उपचारका लागि अस्पतालमा भर्ना भएका छन ।

यो संगै अस्पतालमा कोरोना उपचाररत बिरामीको संख्या २९ पुगेको छ । जसमध्ये ५ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.