देशभर ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

maya metro hospital

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

attariya hospital

देशभर हालसम्म ३८ हजार १८० जना सक्रिय संक्रमित छन् । बिहीबार २ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.