खाेज्नुहाेस

सुदूरपश्चिममा ९२६ नमूनाको कोरोना जाँच गर्दा ३९ संक्रमित थपिए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहिबार ९ सय २६ नमूनाको कोरोना परिक्षण गर्दा ३९ संक्रमित थपिएका छन ।

navjiwan hospital

पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ७ सय ९१ नमूनाको जाँच गर्दा १० जना र पीसीआर बिधिबाट १ सय ३५ नमूनाको जाँच गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

attariya hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ६ सय २२ पुगेको स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कमा उल्लेख छ ।

यसैबिच पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३६ हजार १ सय २८ पुगेको छ ।