धनगढीमा आजदेखि कोभिशिल्डको दोस्रो डोज लगाइने

धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा साउन २८ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप (कोभिशिल्ड) को दोस्रो डोज लगाइने भएको छ । धनगढी उपमहानगरपालिकाले सूचना जारी गर्दै कोभिशिल्डको पहिलो डोज लगाएकालाई आज र भोली दोश्रो डोज लगाइने जनाएको छ ।

maya metro hospital

१६ वटा खोप केन्द्रमार्फत कोभिशिल्डको दोस्रो डोज लगाइने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरको वडा नम्बर १ का नागरिकलाई साउन २९ गते र अन्य वडाका नागरिकलाई २८ गते खोप लगाइने अधिकृत नारायण शर्माले बताए ।

गत वर्ष (०७७ फागुन २३ गतेदेखि २८ गते) सम्म र अन्य मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइने शर्माले बताए ।

attariya hospital

उपमहानगरपालिकाका कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्यायले उपमहानगरमा २१ हजारले कोभिशिल्डको पहिलो डोज लगाएको बताए ।
११ हजार ८ सय ८४ जनाले दोश्रो डोज लगाउँने तथ्यांकले देखाएको छ उपाध्यायले भने, ‘सोमध्ये अरुले यताउता लगाइसकेका छन् । हामीले अब ८ हजार बाँकी होलान् भन्ने विश्लेषण छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.