खाेज्नुहाेस

कैलाली कारागारका जेलरलाई कारवाही गर्न माग, भष्टाचार र अनैतिक काम गरेको आरोप

Image

अत्तरिया – विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला कारागार कैलालीका जेलरलाई कारवाही गर्न माग गरेको छ । नेकपा जिल्ला समिति कैलालीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै जेलर महेन्द्र बहादुर खड्काले जेलमा भष्टाचार र अनैतिक काम गरेको भन्दै कारवाहीको माग गरेको हो ।

विज्ञप्तीमा जेलर खड्काकै नेतृत्वमा कारागारमा बन्दीका नाममा आएको सेवा सुविधामा भष्टाचार गर्ने, घुस खाएर नाइके बनाउने गरेको, क्षमताभन्दा बढी कैदिबन्दी कोचेर राखेको, कैदिबन्दीले उत्पादन गरेका सामान आफ्ना घरमा लग्ने गरेको आरोप लगाईएको छ ।

attariya hospital

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीका कार्यालय सचिव प्रकाश रावलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा गुणस्तरहिन खाना खुवाउने, टेलिफोनको चर्को शुल्क लगाउने, कैदिका समस्या नसुनी दमन गर्ने, बिरामी कैदिको समयमा उपचार नगर्ने लगायतका बिथिति कारागारमा भईरहेको उल्लेख छ ।

navjiwan hospital

‘कैलाली कारागारको समस्या पटक–पटक मिडियाकरण हुँदै आएको र अनैतिक जेलर महेन्द्र खड्का कार्वाही स्वरुप सरुवा भएको र फेरी पनि पैसा र पहुँचमा यहीँ कारागारमा आएको सबैलाई अवगत नै छ’ विज्ञप्तीमा भनिएको छ ‘अहिले पनि आफूू सरुवा र बढुवा हुँदा समेत त्यहीँ कारागारमा बसिरहनु र विभाग र प्रशासनले समेत बेवस्ता गर्नुको कारण भ्रष्टाचार र कमिशनकै खेल हो भन्ने कुरा प्रष्ट छ ।’

विज्ञप्तीमा कारागारको मानवअधिकारकर्मीलाई अनुगमन र अनुसन्धान गरिदिन माग गरिएको छ । साथै कारवाही नगरिए आफ्नो पहल अगाडी बढाईने विज्ञप्तीमा उल्लेख छ ।