सेतीमा उपचाररत डोटीका २ कोरोना संक्रमितको मृत्यु

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा उपचाररत डोटीका २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका – ३ की ६५ बर्षीय महिला र दिपायल सिलगढी नगरपालिका – १ का ३३ बर्षीय पुरुष रहेका छन ।

maya metro hospital

मृत्यु हुने महिला श्रावण १७ गते देखि अस्पतालको आइसीयुमा उपचाररत रहेको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन । त्यस्तै मृत्यु भएका पुरुष श्रावण २१ गतेदेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेका थियो ।

सेतीमा लामो समयदेखि कोरोनाका कारण हुने मृत्यु रोकिएको भएपनि शुक्रबार भने एकैदिन २ जनाको मृत्यु भएको हो । यसैबिच अस्पतालमा उपचाररत कोरोनाका बिरामीको संख्या पनि बढ्दै गएको छ ।

attariya hospital

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ६ कोरोनाका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका छन । भर्ना भएका बिरामी संगै सेतीमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या २९ पुगेको छ ।

जसमध्ये ७ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

यसैबिच सेतीमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २१ नमूनाको कोरोना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.