अत्तरिया – सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषदले सचेतना स्वरुप विभिन्न कार्यक्रम गरेको छ । परिषदले पूर्णता पाएको सन्दर्भ पारी बुधबार सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमित बिरामी लगायत प्रहरी र सर्वसाधारणलाई स्वास्थ सामग्री र पोषिलो खानेकुरा वितरण गरेको हो ।
सो क्रममा परिषदले सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीलाई च्यावनप्रास वितरण गरेको छ ।

त्यस्तै परिषदले वडा प्रहरी कार्यालय धनगढीलाई माक्स, सेनिटाइजर, धनगढीकै ट्राफिक चौराहा, रातोपुल लगायतका क्षेत्रमा सर्वसाधारण र अन्य सवारी चालकहरुलाई सचेतनाका लागि मास्क वितरण गरेको जनाएको छ ।


लकडाउन खुकुलो भए सँगै सर्वसाधारणहरुले माक्स लगाउन कम गरेको तथा कोरोनाको तेस्रो भेरियन्ट पनि आउने भन्ने सरोकारवालाहरुले भनिरहेको कारणले पनि माक्सको प्रयोगलाई अनिवार्य गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको परिषदका कार्यक्रारी उपाध्यक्ष युवराज कुँवरले बताए । उनले परिषदका सदस्यहरुले स्वयच्छिक रुपमा आर्थिक संकलन गरि सो कार्य गरेको बताएका छन ।




















