खाेज्नुहाेस

खुटिया खोलाबाट अवैध बालुवा निकाल्ने ५ ट्याक्टरलाई कारवाही गरियो

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ खुटिया खोलाबाट अबैध बालुवा निकाल्ने ५ ट्याक्टरलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खुटिया खोलाबाट अबैध बालुवा निकालेका से १ त ४७९९ , से १ त ३७६८ , से १ त ९८८२ , से १ त ६०६१ र भे १ त ४५६२ नम्बरका ट्याक्टरहरुलाई कारवाही गरको हो ।

अबैध बालुवा निकाल्ने उक्त ट्याक्टरलाई धनगढी उप–महानगरपालिका – ७ जोखर ताल एरियामा फेला पारेर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

कारबाही स्वरुप ट्याक्टरहरुबाट प्रति ट्याक्टर १ हजारका दरले राजश्व जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएका छन ।

गोदावरी नगरपालिकाले असार १ गतेदेखि खुटिया खोला लगायतका नदीमा नदिजन्य पदार्थ निकाल्न रोक लगाएको थियो । रोक लगाएको अवधिमा ढुवानी गर्न स्टक राखेको नदीजन्य पदार्थको पनि प्रमाणित गर्नुपर्ने अन्यथा अवैध मानिने जनाएको थियो ।

नगरपालिकाले असार १ गते देखि ३ महिनाका लागि नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलनमा रोक लगाएको छ । नदीजन्य पदार्थ निकासीमा रोक लगाएको भएपनि अबैध निकासी भने रोकिएको छैन ।