रमेश बहादुर सिह /बझाङ – गएराति बझाङको बाहुलि खोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अबरुद्ध भएको छ । सदरमुकाम बाट सुर्मा गाउँपालिकालाई जोड्ने उत्त सडकखण्ड बाहुली खोलामा आएको बाढीले बगाएपछी अबरुद्ध बनेको हो ।

सुर्मा गाउँपालिका –२ धौलो पैरामा पहिरो जादा सुर्मा सडकखण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल चौधरीले बताएका छन । पहिरोले बाउलि खोलामा रहेको झोलुङ्गे पुल नजिकै रहेको आरसिसि बाल सम्मेत भत्किएको छ ।

अन्य ठाउँमा के कति क्षति भएको छ भनेर बुझ्न जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली पहिरो गएको स्थानमा गएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
सोहि पहिरोका कारण सुर्मा गाउँपालिका –२ को सेनडोगडी विधुत प्रालीको पावर हाउस पनि जोखिममा रहेको छ ।

















