धनगढी – कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १५ का ४१ वर्षिय लालबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल अनियन्त्रित भई पूर्वपश्चिम राजमार्गअन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ मा दुर्घटना भएको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।
सोमबार राति नै दुर्घटना भएपनि प्रहरीलाई मंगलबार विहान मात्रै जानकारी आएको उनले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।



















