काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घण्टामा देशभर २३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ ।

देशभर हालसम्म ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन् । सोमबार १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ६१३ पीसीआर तथा ३ हजार १९८ एन्टीजेन परीक्षण भएको थियो ।



















