खाेज्नुहाेस

दार्चुला घटनाको विरोधमा भारतीय राजदूतावास अगाडी प्रदर्शन

Image

दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

navjiwan hospital

सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो ।

attariya hospital

संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।

केही दिनअघि धामी भारत जाने क्रममा चढेको तुइन भारतीय सीमा सुरक्षा बलका जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर वेपत्ता भएका खबर बाहिर आएको थियो ।